अनुसूची १४
अान्तरिक स्रोतको नगदी असूली विवरण

यो विवरण भर्दा ध्यान दिनु पर्ने कुराहरु
(१) स्थानीय निकायले असुल गर्नु पर्ने कतिपय रकम लगत राख्नु पर्ने खालका छन् । त्यस्तो लगती रकममध्ये कति असुल भयो, कति बा“की
छ भनेर जानकारी लिनु विभिन्न दृष्टिबाट आवश्यक हुन्छ । त्यसैले यसमा पुरानो लगत र चालू वर्ष (जुन आ.व.को विवरण
बनाइएको हो सो वर्ष) को कारोबार छुट्टिने गरी दुई खण्ड बनाइएको हो ।
(२) चालू वर्ष महल १० मा लेखिएको रकम अर्को वर्ष महल ४ मा लेख्नु पर्ने हुन्छ ।
(३) लगततर्फ महल ७ अघिल्लो वर्षको भएकाले भर्नु पर्दैन ।
(४) यो सहायक आर्थिक विवरण सरह हुन्छ तर अन्तिम लेखापरीक्षण प्रतिवेदन साथ अनिवार्य रुपमा समावेश हुनु आवश्यक छ ।
(५) मूल आर्थिक विवरणमा जसको दस्तखत छ यसमा पनि सोही अनुसार दस्तखत हुनु पर्दछ ।